उच्च अंकले बढ्यो शेयर बजार, ५ अर्ब बढीको कारोबार

सफल खबर संवाददाता

आइतबार, ११ पुस २०७८, १६ : १३
उच्च अंकले बढ्यो शेयर बजार, ५ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास देखिएको छ । शेयर बजारमा राम्रो वृद्धि हुँदा नेप्से परिसूचक २६ सय नजिक पुगेको छ भने कारोबार रकममा पनि सुधार भएको छ ।

शेयर कारोबार मापक नेप्से परिसूचक ७१ दशमलव २१ अंकले बढेर २ हजार ५ सय ९१ दशमलव ४२ अंकमा पुगेको छ । शेयर कारोबार रकम पनि ५ अर्ब माथि पुगेको छ । दिनभर भएका ८६ लाख १ हजार ९ सय ५६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।

आइतबार ३० वटा बिमा कम्पनीहरुको शेयर मूल्य सर्किट लेभलमा नै कारोबार भएको छ । सबैभन्दा धेरै शेयर मूल्य बढ्नेमा नेशनल लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्यारेन्स, प्रुडेन्सीयल इन्स्यारेन्स लगायतका कम्पनीहरुको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस