रौतहट । सशस्त्र प्रहरीको गस्ती टोलीले गएराती रौतहटमा पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारत बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी वसन्तपुर ग्राम पञ्चायत ९ बस्ने वर्ष २६ को धनञ्जय कुमार झा पेस्तोल र गोलीसहित पक्राउ परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताएका हुन् ।
उनको साथबाट सेमी अटोमेटिक पेस्तोल १ नाल, सोको म्यागेजिन १ वटा र ७.६५ एम एमको ४ राउण्ड गोली बरामद गरिएको एसपी हुमागाईँले बताएका छन्।
बरामद पेस्तोल गोली र आरोपीले प्रयोग गरेको मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि आइतबार राती नै जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको एसपी विक्रम हुमागाईँले जानकारी दिएका छन्।
भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका ४ लतमरी नाका इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल मठियाबाट खटिएको टोलीले लतमरी नाका नजिकै सुनिल होटलमा खाजा खाइरहेका शङ्कास्पद ३ जना व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा २ जना व्यक्तिहरू तत्कालै फरार भएको थियो।
पेस्तोल बोकेका धनञ्जय कुमार झा पक्राउ गरिएको तथा उनको साथबाट बीआर ०५ बी डी १२२४ नम्बरको अपाचे मोटरसाइकल १ थान र सामसङ कम्पनीको ए ३५ मोबाइल १ थान बरामद भएको सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ माघ २०८१, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ
बाबा रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी
एक सय ९५ किलो गाँजासहित पक्राउ
बाँकेबाट ६५ फरार प्रतिवादी पक्राउ
नेपाली सेनाको अधिकृत हुँ भनी ठगी गरेको आरोपमा एक जना पक्राउ
अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ