कपिलवस्तु । कपिलवस्तुका बिभिन्न सरकारी निकायमा अनियमितता र भ्रष्टाचार गरिएको भन्दै अख्तियारमा १ सय ४७ उजुरी परेका छन्। चालु आर्थिक वर्षको मंसिर महिनासम्म ५९ र गत आर्थिक वर्ष २०७७र०७८ मा ८८ उजुरी परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले तौहिलवामा राखेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी जिल्लास्तरीय अन्तरक्रियामा सो जानकारी गराइएको हो।
आयोगको बुटवल कार्यालयका प्रमुख यागेन्द्रप्रसाद पाण्डेयले अख्तियारमा लुम्बिनी प्रदेशको १० जिल्ला मध्ये कपिलवस्तु उजुरी पर्ने दोश्रो जिल्ला रहेको बताए। लुम्बिनी प्रदेशको सबैभन्दा बढी उजुरी पर्ने जिल्ला रुपन्देही रहेको र सो जिल्लामा गत आव र यस आवमा गरी कुल ३ सय २ उजुरी दर्ता भएका छन्। कपिलवस्तुका अझै १ सय १५ उजुरी फर्छ्यौट हुन बाँकी छन्।
यस्तै १० जिल्लाका ७ सय ४४ उजुरी मध्ये २ सय ५६ फर्छ्यौट भई ४ सय ८८ मुद्दा बाँकी छन्। अख्तियारमा परेका उजुरी मध्ये स्थनीय तहका १ सय २१ उजुरी छन्। कपिलवस्तुको १० पालिका मध्ये सबैभन्दा बढी कृष्णनगर नगरपालिकामा गत आव र चालु आव गरी ३१ वटा उजुरी परेका छन्। यस्तै यशोधरा गाउँपालिकामा २४, बिजयनगर गाउँपालिकामा १३, कपिलवस्तु, महाराजगंज र बुद्धभुमी नगरपालिकामा नौरनौ वटा, मायादेबी गाउँपालिकामा ८, शिवराज र बाणगंगा नगरपालिकामा छरछ वटा तथा सुद्धोदन गाउँपालिकामा ५ वटा उजुरी परेको हो। जिल्लाबाट अख्तियारमा परेका १ सय ४७ उजुरी मध्ये सबैभन्दा बढी स्थानीय तहको संघीय मालिका सम्बन्धी ८८ वटा छन्।
यस्तै स्थानीय तह शिक्षाको ३३ उजुरी परेका छन्। अख्तियार बुटवलका प्रमुख पवाण्डेय अनुसार जिल्लामा १४ वटा बिषयबस्तु रहेका छन्। सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सुमित्रा श्रेष्ठले भ्रष्टाचार सबै ठाउँमा हुने गरेको भन्दै यसलाई समाधान गर्न तर्फ केन्द्रित हुनुपर्ने बताइन्। उनले सबैभन्दा बढी पहुँचमा रहेको व्यक्तिले नै भ्रष्टाचार गर्ने गरेको भन्दै त्यसको न्यूनीकरण र नियन्त्रणमा पनि ती व्यक्तिहरुको योगदान हुनुपर्ने बताइन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ पुस २०७८, ०७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अख्तियारले भ्रष्टाचारको मुद्दामा टेलिफोन वा सञ्चार माध्यमको विवरण लिएर अनुसन्धान गर्न पाउने
विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
नागरिक उड्डयनको नयाँ भवनमा अख्तियारको छापा
अख्तियारकी आयुक्त अमात्यको घरमा महानगरले चलायो डोजर
अख्तियारको त्रास देखाउँदै जिम्मेवारीबाट पन्छँदै
घुस लिँदालिँदै पक्राउ परेका अमिन ढकाललाई अख्तियारले हाल्यो मुद्दा