काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आसन्न राष्ट्रिय सम्मेलनमा प्रवास समन्वय समितिबाट ३५ जना प्रतिनिधि सहभागी हुने भएका छन् । पुस २ गते सम्पन्न नेपाली जनप्रगतिशील मञ्चको अन्तर्राष्ट्रिय भेलाले ३५ प्रतिनिधिको टुंगो लगाएको हो ।
जसअनुसार ओसिनिया क्षेत्रबाट शेषमणि शर्मा, मनऋषि धिताल, निरञ्जन गौली र ईश्वर पौडेल प्रतिनिधि छानिएका छन् । दक्षिण एसियाबाट युवराज भण्डारी, चक्रबहादुर विक (मताली), राजेन्द्रबहादुर सुवेदी, प्रकाशबहादुर स्याढा, जगतबहादर सुनार, रामबहादुर खड्का, मोहनबहादुर देवकर र एनबहादुर रावल प्रतिनिधि बनेका छन् ।
त्यसैगरी, पश्चिम एसिया क्षेत्रबाट नवराजकुमार ओली (शनिकुमार), शिवराज जैसी, बाबुराम विश्वकर्मा, उमेश विक, राजेन्द्र देवकोटा र रमेश भट्ट सम्मेलनमा आउने निश्चित भएको छ भने पूर्वी एसिया क्षेत्रबाट रमेश तिवारी, चूडामणि अधिकारी, भवानी पन्त, मुक्ति मरासिनी र प्रेम पाण्डे प्रतिनिधि छनोट भएका छन् ।
युरोप क्षेत्रबाट सुरेन्द्र भुसाल, जानुका धमला, तुलप्रसाद छन्त्याल, लोकबहादुर नेपाली, चित्र सुवेदी र वीरमान घर्ती प्रतिनिधि छानिँदा अमेरिकाज क्षेत्रबाट खुमबहादुर पाठक र नारायण कँणेल चयन भएका छन् । भारतबाट राजु पाठक र क्यानाडाबाट राजेन्द्रप्रसाद पोखरेल तथा प्रवास समन्वय कमिटी कार्यालयबाट टेकबहादुर पाठक क्षेत्री र इन्द्रराज भट्टराई प्रतिनिधि चयन भएका छन् ।
माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुँदैछ । सम्मेलनमा सहभागी हुने १५ सय ३३ प्रतिनिधिको टुंगो लागिसकेको छ । सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशबाट ८ सय ३ प्रतिनिधि छनोट भएका छन् ।
त्यस्तै, आयोजकबाट १ सय ७९, सल्लाहकारबाट १ सय ४९, ज्येष्ठ कम्युनिष्ट सदस्यबाट १ सय २५, पार्टी आयोगबाट ७५, केन्द्रीय विभागबाट १ सय २ र केन्द्रीय प्रतिनिधि २७ जना छन् । पाँच प्रतिशत भने स्थायी कमिटी बैठकले मनोनित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ पुस २०७८, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा
सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम छन् : अध्यक्ष प्रचण्ड
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माओवादीको माग
प्रतिपक्षको भूमिकालाई अवसरका रूपमा लिन्छौँ : सचिव शाक्य
माओवादीको पदाधिकारी बैठक खुमलटारमा सुरु
माओवादी केन्द्रको बैठक दिउँसो २ बजेलाई सर्यो