काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २० वैशाख २०७९ मा गर्ने तयारी गरेको छ । स्थानीय तहतर्फका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल ५ जेठमा सकिँदै छ । कार्यकाल सकिनुअघि नै स्थानीय तहलाई नेतृत्व दिनेगरी आयोगले निर्वाचन गर्न तयारी थालेको हो ।
प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेकाले २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी आयोगले तयारी गरिरहेको जानकारी दिए ।
सरकारसँग परामर्श गरिने
‘देशको संविधान र निर्वाचन कानुनमा कार्यकाल सकिएपछि म्याद थपको व्यवस्था छैन, त्यसकारण जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै आयोगले स्थानीय तहको निर्वाचन गर्नेगरी तयारी गरिरहेको छ,’ काभ्रेको धुलिखेलमा आयोजित दुईदिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा थपलियाले भने ।
त्यसका लागि आयोगले छिट्टै नै सरकारसँग परामर्श गर्नेसमेत उनले जानकारी दिए । यसअघि भने आयोगले सरकारसँग स्थानीय तहको निर्वाचनका लागि ५ चैतको मिति प्रस्ताव गरेको थियो ।
स्थानीय तहको निर्वाचन कानुनमा केही विवाद र जटिलतासमेत छ । यस्तै, संविधान र कानुनमा म्याद थपको व्यवस्थासमेत राखिएको छैन ।
गोष्ठीमा विभिन्न सञ्चारमाध्यममा कार्यरत २६ जना महिला पत्रकारको सहभागिता छ । गोष्ठीमा निर्वाचन चक्र र निर्वाचन प्रक्रिया, नेपालमा आमसञ्चारको अवस्था, मिडिया साक्षरता र निर्वाचनको रिपोर्टिङ, निर्वाचन, निर्वाचन आयोग र आमसञ्चार व्यवस्थापन, निर्वाचनमा आमसञ्चारको अनुगमन र नियमन, निर्वाचन व्यवस्थापनमा लैंगिकता तथा समावेशिता, निर्वाचनमा सामाजिक सञ्जाल उपयोग, चुनौती र अवसर, अप्ठ्यारो अवस्थामा निर्वाचनको रिपोर्टिङ र डिजिटल युगमा निर्वाचन तथा मिडियाका विषयमा छलफल हुने आयोगले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ पुस २०७८, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने
सुचनाको हक कार्यान्वयन गर्न सरकारको स्थानीय तहलाई सर्कुलर
काभ्रेका पाँच स्थानीय तहद्वारा पूर्णखोप सुनिश्चित घोषणा
वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न सीडीओहरुलाई निर्देशन
जुम्लाका स्थानीय तहको आम्दानी न्यून