राष्ट्रपति भण्डारीकी सम्धिनी काँग्रेस केन्द्रीय सदस्यमा पराजित

सफल खबर संवाददाता

मंगलबार, ०६ पुस २०७८, १७ : ०५
राष्ट्रपति भण्डारीकी सम्धिनी काँग्रेस केन्द्रीय सदस्यमा पराजित

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्यमा वर्तमान केन्द्रीय सदस्य किरण यादव पराजित भएकी छन् । १४ औं महाधिवेशनमा मधेसी महिलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेकी उनी पराजित भएकी हुन् ।

पूर्वराष्ट्रपति तथा काँग्रेसका पूर्वमहामन्त्री रामवरण यादवकी भतिजी समेत रहेकी किरण ४ जना मधेसी तर्फको महिला केन्द्रीय सदस्यमा अटाउन सकिनन् । राष्ट्रपति विद्यादेवी भण्डारीका सम्धिनी समेत रहेकी उनी आगामी ४ वर्ष काँग्रेस केन्द्रीय समिति बाहिर रहने भएकी छन् । 

चार जना महिलामा शेखर कोइराला प्यानलबाट उनको मात्र उम्मेदवारी परेपनि किरण पराजित भइन् । शेरबहादुर देउवा समूहकी मुक्ताकुमारी यादव ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित भएकी छन् ।

यस्तै मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर  विजयी भएकी छन् ।

प्रतिक्रिया दिनुहोस