काठमाडौं । सरकारले नयाँ तथा नवीकरणको सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० कार्ड वितरण गर्न वर्षांै लगाउन थालेपछि नवीकरण अवधि बढाउन दबाब बढेको छ ।
सरोकारवाला निकाय तथा सेवाग्राहीले लाइसेन्स नवीकरणको अवधि पाँच वर्षदेखि बढाएर १० वर्ष पु¥याउनुपर्ने आवाज उठाएका छन् । सेवाग्राहीबाट लाइसेन्स नवीकरण अवधि बढाउन माग बढेपछि यातायात व्यवस्था विभागले अनौपचारिक रूपमा यस विषयमा छलफलसमेत अघि बढाएको छ ।
विभागले हरेक १०÷१० वर्षमा लाइसेन्स नवीकरण गर्ने विषयमा छलफल गरे पनि निर्णय भने नभएको पाइएको छ । लाइसेन्सको अवधि बढाउन यातायात व्यवस्थासम्बन्धी ऐनलाई संशोधन गर्नुपर्नेहुन्छ । जसका लागि विभागको सिफारिसमा मन्त्रालयबाट ऐनको मस्यौदा मन्त्रिपरिषद् हुँदै संसद्बाट पारित गर्नुपर्नेहुन्छ ।
विभागले यातायात व्यवस्था ऐन २०४९ लाई खारेज गरेर वा संशोधन गरेर समयानुकूल परिमार्जन गर्ने तयारी भने गरिरहेको पाइएको छ । पुरानो ऐनलाई संशोधन गर्ने क्रममा लाइसेन्सको अवधि बढाउने विषयमा पनि छलफल भइरहेको पाइएको हो ।
विभागका महानिर्देशक नमराज घिमिरेले सेवाग्राहीले लाइसेन्स नवीकरणको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पु¥याउनुपर्ने चाहना व्यक्त भए पनि यस विषयमा कुनै निर्णय नभएको बताएका छन् ।
‘विभिन्न कारणले नवीकरण तथा ट्रायल पास गरेका सेवाग्राहीको लाइसेन्स कार्ड समयमा नै वितरण गर्न सकिएको छैन । त्यहीँ भएर नवीकरणको अवधि बढाउनुपर्छ भन्ने चाहनाहरू व्यक्त भएका होलान् तर यस विषयमा निर्णय भएको छैन,’ उनले भने । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०५ पुस २०७८, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शङ्कास्पद लाइसेन्स परीक्षणमा
सवारी लाइसेन्सको त्रुटि अब प्रदेश कार्यालयबाट सच्याउन पाइने
‘स्मार्ट लाइसेन्स’ सक्कली कि नक्कली जाँच्नै समस्या
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण
एकाएक किन रोकियो लाइसेन्सको ट्रायल ?
काठमाडौँ उपत्यकाका चार वटा ट्रायल सेन्टरमा रोकियो लाइसेन्सको ट्रायल