सेन्चुरी कमर्सियल बैंकको ६.०५% लाभांश प्रस्ताव

सफल खबर संवाददाता

शुक्रबार, ०२ पुस २०७८, १५ : ५६
सेन्चुरी कमर्सियल बैंकको ६.०५% लाभांश प्रस्ताव

काठमाडौं।  सेन्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) ले आर्थिक बर्ष २०७७/७८ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई ५.७५% बोनस शेयर र ०.३०% नगद लाभांश (कर प्रायोजनार्थ) गरी कुल ६.०५% लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको मिति २०७८ पौष २ गते बिहान ८ बजे बसेको संचालक समितिको ३५२औं बैठकले आ. व. २०७७/७८ सम्मको वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५ सय २.५० को ५.७५% अर्थात रु.५१ करोड ९४ लाख ७९ हजार ६ सय ९६.३९ बराबरको बोनस तथा ०.३०% अर्थात रु.२ करोड ७३ लाख ४१ हजार ३६.६५ बराबरको नगद लाभांश (कर प्रायोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो।

संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।

प्रतिक्रिया दिनुहोस