काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रबद्र्धित विदेश स्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दति निक्षेप खाताहरु रहेका छन् ।
अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्टे«लियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिने एनआरएन एफसीवाई बचत तथा मुद्दति खातामा आकर्षक व्याज दर प्रदान गरिने छ । यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा न्युनतम मौज्दात कायम हुनुपर्नेछ ।
उक्त खाता सञ्चालकहरुलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट प्रदान गरिने छ । यसका साथै मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग आदिको शुल्कमा छुट तथा खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने छ ।
अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खातामा सञ्चालकहरुलाई विदेशी मुद्रा नेपालीमा सटही गर्नु परेमा पनि विशेष प्रिमियम प्रदान गरिने छ । साथै उक्त साँवा तथा आर्जन गरेको व्याज रकम सोही मुद्रामा फिर्ता गर्नु परेमा सहज रुपमा निशुल्क गर्न सकिने व्यवस्था बैंकले मिलाएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यकासाथ बैंकले देशका ७६ जिल्लामा २८७ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८५० भन्दा बढि सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ पुस २०७८, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा
ग्लोबल आइएमई बैंकको विशेष योजना, फोन पे क्यूआरमा आवद्ध मर्चेन्टलाई स्मार्टफोनको उपहार
विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो “ग्लोबल हाट बजार”
ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग
ग्लोबल आइएमई बैंकका ग्राहकहरूले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक पाउने