काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टविरुद्ध एफआईआर दर्ता हुने भएको छ । उनी गत डिसेम्बर ८ मा निर्माता करण जोहारको पार्टीमा सहभागी भएकी थिइन् । यो पार्टीमा सहभागी करीना कपूर र अमृता अरोडालाई कोरोना पोजेटिभ देखिएको थियो । यद्यपि आलियाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
नियमानुसार आलिया उक्त पार्टीमा रहेकाले उनले १४ दिन होमक्वारेन्टाइनमा बस्नुपर्ने थियो । तर उनी आफ्नो फिल्म ‘ब्रह्मास्त्र’ को प्रमोसनका नयाँदिल्ली पुगेकी थिइन् । यसपछि बीएमसीले उनलाई दिल्लीमा नै क्वारेन्टाइन बस्न भने पनि उनी मुम्बई फर्किइन् ।
यहीकारण बीएमसीको एक कमिटीले आलियामाथि एफआईआर दर्ता गर्न आदेश दिएको छ । ‘आलिया भट्ट नियम उल्लंघन गरेर दिल्ली गइन् र त्यहाँ गएपछि आफ्ना तस्वीर सामाजिक सञ्जालमा राखिन् । जुन आफैंमा गलत कुरा हो । आलियाले पाठ सिक्नु जरुरी छ र कानुन सबैलाई समान छ । आलिया एक सेलिब्रेटी भएकाले उनलाई धेरैले पछ्याउछन् भन्ने कुरा बुझ्न आवश्यक छ । त्यही कारण एक जिम्मेवार नागरिकका रुपमा आलियाले यी सबै नियमलाई उल्लंघन गर्नु हुँदैन थियो’, मुम्बई महानगरपालिकाको हेल्थ कमिटी अध्यक्ष राजुल पटेलले भनेका छन् ।
आलिया बुधबार रणवीर कपूर, निर्देशक अयान मुखर्जी र अन्य फिल्म टिमका साथी आफ्नो फिल्म ‘ब्रह्मास्त्र’को नयाँदिल्लीमा प्रमोसन गरेकी थिइन् । यसबाहेक उनी नयाँदिल्लीको बंगला साहेब गुरुद्वारा दर्शन गर्न पनि पुगेकी थिइन् । -एजेन्सी
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ पुस २०७८, ११ : ०१
लेखकबाट थप