रक्षामन्त्री मिनेन्द्र रिजालले दिए राजिनामा

सफल खबर संवाददाता

विहीबार, ०१ पुस २०७८, २१ : ५५
रक्षामन्त्री मिनेन्द्र रिजालले दिए राजिनामा

काठमाडौँ । निर्वतमान रक्षामन्त्री मिनेन्द्र रिजालले पार्टीभित्र राजनीतिक पूँजी नभएपछि पदबाट राजीनामा दिएको बताएका छन् । सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै रिजालले पार्टीको एक नेताको हैसियतमा विधेयक ल्याउनका लागि चाहिने राजनीतिक पूँजी महाधिवेशनको नतिजाले देखाएपछि राजीनामा दिएको बताएका हुन् ।

‘नेपाली कांग्रेसको एक व्यक्तिले गर्नुपर्ने कामहरु तथा विधेयकहरु पूरा गर्नका लागि राजनीतिक पूँजी आवश्यक थियो । तर महाधिवेशनको नतिजाले भएन । नेपाली कांग्रेसको एक व्यक्तिले गर्नुपर्ने कामहरु महाधिवेशनबाट पूँजी नहुने भएपनि मैले गरेका सबै प्रयासहरु निरर्थक हुनेछन् भनेर नै मैले राजीनामा रोजेँ,’ उनले भने ।

कसैको दबाब र प्रभावमा नपरी आफ्नो स्वविवेक प्रयोग गरेर पदबाट राजीनामा दिएको रिजालले बताए । उनले आफ्नो पराजयलाई जस्टिफाइका लागि कुनै पनि बहना नगर्ने बताए । ुजे सुकै गुमाउनुपरोस् । ऐनामा आफूले आफूलाई हेर्दा आत्मग्लानी नहोस् र गाली गर्ने स्थिती कहिल्यै नआओस् भनेर म यो निर्णय लिन पुगेँ,ु उनले भने ।

प्रतिक्रिया दिनुहोस