सहमहामन्त्रीमा महिलातर्फ डिना उपाध्यायले अग्रता

सफल खबर संवाददाता

विहीबार, ०१ पुस २०७८, २० : २७
सहमहामन्त्रीमा महिलातर्फ डिना उपाध्यायले अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री महिलातर्फ डिना उपाध्यायले अग्रता लिएकी छन्।

१५०४ मत गणना हुँदा शेरबहादुर देउवा प्यानलकी उपाध्यायले ८०६ र  डा। शेखर कोइराला प्यानलकी कमला पन्तले ६८३ मत पाएकी छन्। कांग्रेस पार्टी कार्यालय सानेपामा पहिलो चरणमा महिला, दलित र आदिवासी जनजातितर्फको मत गणना भइरहेको छ। बाँकी पाँच सहमहामन्त्रीको मतगणना भोलि हुनेछ।

कांग्रेसमा महिला, दलित, आदिवासी जनजाती, मधेसी, थारु, खसआर्य, अल्पसंख्यक र पिछडिएको क्षेत्र गरी छुट्टाछुट्टै क्लस्टरबाट एक–एक जना गरी ८ जना सहमहामन्त्री निर्वाचित हुने व्यस्था छ।

प्रतिक्रिया दिनुहोस