चौथो राष्ट्रिय झण्डा दिवस मनाइयो

सफल खबर संवाददाता

विहीबार, ०१ पुस २०७८, १३ : ४९
चौथो राष्ट्रिय झण्डा दिवस मनाइयो

काठमाडौं । बिहीबार चौथो राष्ट्रिय झण्डा दिवस मनाइएको छ । ‘राष्ट्रिय झण्डाको सम्मान, राष्ट्रको शान राष्ट्रको स्वाभिमान’ भन्ने नाराका साथ बिहीबार चौथो राष्ट्रिय झण्डा दिवस मनाइएको हो । 

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको अगुवाइमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सांस्कृति ¥यालीसहित झण्डा दिवस मनाइएको हो ।राष्ट्रिय पोशाक संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको परिकल्पानमा २०७५ सालदेखि राष्ट्रिय झण्डा दिवस मनाउन सुरु गरिएको हो ।

पछिल्लो समय झण्डाको बढ्दो दुरुपयोगको अन्त्य गरी राष्ट्रध्वजको अपमान रोक्नका लागि झण्डा दिवसले अहम भूमिका निर्वाह गरेको माण्डव्यले जानकारी दिए । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्षसमेत रहेका माण्डव्यले झण्डाको महत्व र गरिमा बुझाउन यो अभियानले सहयोग गरेको बताए ।

राष्ट्रिय झण्डा दिवस काठमाडौंसहित हटौंडा, चितवन र बटुबलमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । उक्त कार्यक्रममा शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला, गव्यसिद्ध डा. नरेन्द्र हमाल, विश्व हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेश जंग शाह लगायतले झण्डाको गरिमाबारे चर्चा गरे । 

साथै, पारस मरासैनीको संयोजकत्वमा बटुवालको पहिलो पाइला शाखाले राष्ट्रिय झण्डा दिवस मनाएको छ । यस्तै, हटौंडामा रामप्रसाद पण्डितको संयोजकत्वमा झण्डा दिवस मनाइएको माण्डव्यले बताए ।

यसैगरी, चिवतनको चौकोठीमा हेल्थ फर ह्यापीनेश संस्थाका अध्यक्ष नविन तिवारीको संयोजकत्वमा झण्डात्तोलन गरिएको छ । भरतपुर महानगरपालिका मयेर रेणु दाहालले झण्डात्तोलन गरेकी छन् ।

१६ डिसेम्बर १९६२ अर्थात् १ पुस २०१९ मा  संयुक्त राष्ट्र संघमा नेपालको हालको राष्ट्रिय झण्डालाई अंगिकरण गरेको सुखद् दिनको सम्झनामा २०७५ सालदेखि राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस