उपसभापति मतगणना : ९०० गन्दा कस्को कति आयो ?

सफल खबर संवाददाता

बुधबार, २९ मंसिर २०७८, २० : १९
उपसभापति मतगणना : ९०० गन्दा कस्को कति आयो ?

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो ।

यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र महेश आचार्य, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । 

हालसम्म ९ सय मत गन्दा अग्रतामा रहेका विजयकुमार गच्छदारले ३५५ मत, पूर्णबहादुर खड्काले ३९५ मत, चन्द्र भण्डरीले ३५१ मत र धनराज गुरुङले ३९२  मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस