काठमाडौं । नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई हटाउँदै नयाँ कप्तानमा सन्दिप लामिछानेलाई चयन गरेको छ । संघको बुधबार बसेको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै मल्ललाई कारबाही गरेको हो । त्यस्तै उपकप्तानबाट दीपेन्द्र सिंह ऐरिलाई पनि पद मुक्त गर्ने निर्णय गरेको क्यानले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
मल्ल, ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुको ६ महिना सहभागी नगराउने निर्णयसमेत क्यानले गरेको छ । संघले गठन गरेको अनुशासन उल्लंघन सम्वन्धी छानविन समितिले गरेको सिफारिस बमोजिम आचारसंहिता उल्लंघन आरोपमा कारवाही गरिएको क्यानले स्पष्ट पारेको छ । खेलाडी वर्गीकरणमा भएको त्रुटीको विषयमा कप्तान मल्लले असन्तुष्टी पोख्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ मंसिर २०७८, १९ : ३७
लेखकबाट थप