काठमाडौँ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका लागि १७ हजार २ सय ३२ स्थायी शिक्षक नियुक्ति गर्ने प्रक्रिया बढाएको छ । चार वर्षपछि शिक्षक नियुक्तिको विज्ञापन खुलाउन लागिएको हो । आयोगले बुधबार माध्यमिक तहमा १ हजार ५ सय ४७ जना शिक्षक लिन विज्ञापन प्रकाशन गर्दै छ ।
आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले पहिलो पटक अनलाइनबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको बताए । यसअघि साविकको जिल्ला शिक्षा कार्यालयमा आवेदन लिइन्थ्यो । अर्को सातासम्म क्रमशः निम्न माध्यमिक र प्राथमिक तहको पनि विज्ञापन खुलाइने उनले बताए । ‘अनलाइनबाट पहिलो पटक दरखास्त संकलन गर्न लागिएकाले मावि, निमावि र प्राविको एकै दिन विज्ञापन गर्न सकिएन,’ उनले भने, ‘२र४ दिनको फरकमा तीनै तहको विज्ञापन गर्ने कार्ययोजना बनाएका छौं ।’
मावि र निम्न माध्यमिक तहको विषयअनुसार प्रदेशगत रूपमा र प्राविको जिल्लागत रूपमा विज्ञापन गरिने आयोगले जनाएको छ । माध्यमिक तहमा १५ विषयका लागि दरखास्त आह्वान गरिँदै छ । सबैभन्दा बढी विज्ञान विषयको शिक्षकका लागि विज्ञापन गर्न लागिएको हो । निमावि तहमा २ हजार ५ सय ९६ र प्राविमा १३ हजार ८९ दरबन्दी रिक्त छ । यी पदका लागि विज्ञापन खोलिने आयोगले जनाएको छ । निमाविमा ११ वटा विषयका लागि विज्ञापन हुनेछ ।
आयोगले नियमावली संशोधन गरेर सामान्य परीक्षा पास गरे मात्र विषयगत परीक्षामा सहभागी हुने व्यवस्था राखेको छ । यसअघि एक सय पूर्णाङ्कको मात्र लिखित परीक्षा हुन्थ्यो । ‘यस पटकबाट सय पूर्णाङ्कको सामान्य परीक्षा पास गरे मात्र अर्को सय पूर्णाङ्कको विषयगत परीक्षामा सहभागी हुन पाइनेछ,’ आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले भने । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २९ मंसिर २०७८, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
स्कुटर दुर्घटनामा परि शिक्षकको मृत्यु
शिक्षक सेवा आयोगद्वारा नतिजा प्रकाशन
माध्यमिक तहको ३६८ शिक्षकका लागि जागिर खुल्यो
मधेसमा शिक्षकको माग गर्दै विद्यार्थी सडकमा
दलको सदस्यता त्याग्दै शिक्षक