महोत्तरी । मधेस प्रदेश सरकारले विद्यालय शिक्षकको अभाव सम्बोधन गर्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने भएको छ ।
माध्यमिक विद्यालयमा अङ्ग्रेजी, विज्ञान, नेपाली र गणित विषय शिक्षकको अभाव टार्न मधेस प्रदेश सरकारले तत्काल नै प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने मुख्यमन्त्री सतिशकुमार सिंहले बताए।
‘विद्यालयमा पछिल्लो एक दशकभित्र शिक्षकको नयाँ दरबन्दी भएको छैन, यस कारणले थुप्रै सामुदायिक विद्यालय शिक्षक अभाव खेप्दैछन्’, मुख्यमन्त्री सिंहले भने, ‘यही अभाव तत्कालै पूर्ति गर्न प्रदेश सरकारले स्वयंसेवक शिक्षक परिचालन गर्ने तयारी अघि बढाएको हो ।’
यो कामले विद्यालयमा विषयगत शिक्षकको कमीलाई तत्काल परिपूर्ति गर्ने विश्वास लिइएको उनले बताए।
सामुदायिक विद्यालयका शिक्षक सेवा निवृत्त हुँदै जाने र नयाँ दरबन्दी व्यवस्थापन नहुँदा यहाँको पठनपाठन नराम्ररी प्रभावित गरेको अवस्थालाई तत्काल सम्बोधन गर्न प्रदेश स्वयंसेवक शिक्षकको व्यवस्था गर्ने तयारी बढाइएको हो ।
यस प्रयोजनका लागि प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले एक सय ३२ जना स्वयंसेवक शिक्षकको दरखास्त आह्वान गरिसकेको छ । विद्यालय शिक्षालाई सबल, सुदृढ र परिणाममुखी बनाउन प्रारम्भिक पक्ष नै शिक्षक हुने हुँदा यसको अभाव सम्बोधनका लागि काम अघि बढेको प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले बताए।
‘माध्यमिक विद्यालयमा विषय शिक्षकको अभावका कारण मधेसको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा अपेक्षित हुनसकेको छैन’, मन्त्री तिवारी भने, ‘यो अभावको परिपूर्ति तत्काल गरिन प्रदेश स्वयंसेवक शिक्षकको अवधारणा ल्याइएको हो ।’
यसका लागि दरखास्त आह्वान भइसकेको हुँदा चाँडै छनोट प्रक्रिया पूरा गरेर विद्यालयमा शिक्षक पठाइने तिवारीले बताए। यस चरणमा प्रदेशका नमूना विद्यालय र शिक्षक अभाव भएका माध्यमिक विद्यालयमा प्राथमिकता निर्धारण गरेर शिक्षक पठाइने मन्त्रालयको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
नक्कली प्रमाणपत्र लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना
शिक्षक महासङ्घले आज कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने
शिक्षा ऐन जारी नगरेको भन्दै फेरि आन्दोलनमा उत्रिए देशभरका शिक्षकहरु
काठमाडौँमा निवृत्त शिक्षकका नाममा तलबभत्ता