रौतहट । आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चाले विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै प्रदर्शन गरेको छ । मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक नभएको भन्दै मोर्चाले बुधबार गौरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा विद्यार्थीसहित शिक्षक, अभिभावकका साथै स्थानीयको समेत सहभागिता रहेको थियो ।
विद्यार्थीको अनुपात तहगत र विषयगत शिक्षकको व्यवस्था गर्न सरकारसँग पटक पटक माग गर्दा समेत कुनै सुनुवाइ नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले बताए । मधेसको शिक्षालाई सरकारले योजनाबद्ध तरिकाले तहसनहस गर्न खोजेको आरोप उनले लगाए ।
सो क्रममा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री विद्या भट्टराई मधेस विरोधी भएको आरोप समेत लगाए । प्रधानमन्त्री र शिक्षामन्त्रीको विरोधमा नाराबाजी गर्दै उनीहरूले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था कहिले हुने भन्दै प्रश्न समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असोज २०८१, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजपाले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा
प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता
भ्रष्टाचारविरुद्ध आजपाले वीरगन्जमा खबरदारी सभा गर्दै
आजपाले सरकारविरुद्ध काठमाडौँमा प्रदर्शन गर्ने
दासको अध्यक्षतामा ७७ सदस्यीय आम दलित मोर्चाको केन्द्रीय कमिटी गठन
आम जनता पार्टीले भण्डाफोर अभियान सञ्चालन गर्ने