स्थगित कांग्रेस केन्द्रीय समितिको बैठक पुन सुरु

आइतबार, १६ बैशाख २०७५, १९ : १७
स्थगित कांग्रेस केन्द्रीय समितिको बैठक पुन सुरु

काठमाडौं । दुई पक्षबीच आ–आफ्नै अडानमा रहेर स्थगित भएको कांग्रेस केन्द्रीय समितिको बैठक पुन सुरु भएको छ । अहिले केहीबेरअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । यसअघि बैठक दुई पक्षले आ आफ्नै अडान नछाड्दा अनिश्चित बनेको थियो ।

 निर्वाचन  पराजयको जिम्मेवारी, संसदिय र कार्य सम्पादन समिति विघटन तथा महासमिति बैठक छिटो बोलाउनु पर्ने विषयमा सहमति हुन नसक्दा बैठकमा बस्न सकेको थिएन ।  वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष ढिलोमा असार पहिलो साता सम्ममा महासमिति बैठक बोलाउनु पर्ने अडानमा छ। सभापति पक्ष असोजमा महासमिति बैठक बोलाउने तयारीमा छ भने सभापति देउवा कार्य सम्पादन र संसदिय समिति विघटनको पक्षमा छैनन् ।

एक महिना देखि जारी बैठकमा राखिएका प्रस्तावहरू निर्णयमा समावेश नगर्ने परिस्थिति आए नोट अफ डिसेन्ट लेख्ने एक केन्द्रिय सदस्यले बताए ।  दुई पक्षका शीर्ष नेताहरु सम्मिलित बैठकमा मध्यमार्गी बाटोको खोजी भइरहेको  बताइएको छ ।
बैठकमा एकताबद्ध रूपमा निर्णय पेश हुन लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए । पेश हुने क्रममा रहेको निर्णयको पूर्व जानकारी दिन नसक्ने उनले बताए ।
बैठकमा प्रस्तुत गरिने प्रतिवेदनमा महासमिति बैठक,जिल्ला सभापति भेला, भावी रणनीति  समावेश गरिएको उनले बताए । आजै पार्टीले पत्रकार सम्मेलन गरी पार्टी निर्णय सार्वजनिक गर्ने तयारी गरिरहेको  जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस