कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

शनिबार, २५ मंसिर २०७८, ०७ : ५६
कस्तो रहला आजको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीको कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साताको मध्यतिर देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको महाशाखाको भनाइ छ। साताको सुरु र अन्त्यतिर देशका अधिकांश स्थानहरूमा मौसम सामान्यतया सफा हुने सम्भावना रहेको छ ।

देशका अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रममा हल्का गिरावट आउने सम्भावना रहेको छ। तराईका केही स्थानहरूमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने र घाम लाग्दै गएपछि बिस्तारै कम हुँदै जाने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस