संखुवासभामा बम विस्फोट

आइतबार, १६ बैशाख २०७५, ११ : ३४
संखुवासभामा  बम विस्फोट

संखुवासभा । अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ ।
गएराति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । बम विस्फोट गराउनेको व्यापक खोजी भइरहेको पनि उहाँले बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस