यी हुन किम जोङ उनका नौजना विश्वासपात्र

आइतबार, १६ बैशाख २०७५, ०८ : ३३
यी हुन किम जोङ उनका नौजना विश्वासपात्र

उत्तर कोरियाका शासक किम जोङ उन एक विशेष प्रतिनिधि मण्डलका साथ दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग हुने वार्ताका लागि गए ।

प्रतिनिधि मण्डलमा सहभागी व्यक्तिहरु किम जोङ उनका विश्वासपात्र भएको बताइएको छ । प्रतिनिधिमण्डलमा सहभागी सदस्यहरुका बारेमा दक्षिण कोरियाले अहिलेसम्म कहिल्यै पनि उत्तर कोरियाका यस्तो वरिष्ठ प्रतिनिधि मण्डललाई आफ्नो मुलुकमा स्वागत नगरिएको बताएको छ ।

यो वार्ता अगावै किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बीचमा कयौं पटक कडा बयानबाजी भइसकेको छ । दक्षिण कोरियाका राष्ट्रपति सँगको महत्वपूर्ण भेटघाटपछि उत्तर कोरियाली शासक किमले यसैवर्ष अमेरिकी राष्ट्रपतिसँग पनि भेटवार्ता गर्ने अनुमान गरिएको छ ।

को–को छन् किमको प्रतिनिधि मण्डलमा ?

किमकी बहिनी– किम यो–जोङ
किम यो–जोङ पूर्व उत्तर कोरियाली शासक किम जोङ इलकी कान्छी छोरी हुन् । किम यो–जोङ र शासक किम जोङ–उन एकै आमाका सन्तान हुन् । उनी आफ्नो दाई भन्दा चार वर्ष कान्छी हुन् । किम यो–जोङ र शासक किमले स्वीट्जरल्याडमा एकै साथ अध्ययन गरेका थिए ।

आफ्नो दाईको छवि सुधार्ने काम गर्दै आएकी किम यो–जोङ पार्टीको प्रोपोगण्डा विभागमा अहम् भूमिका निर्वाह गरिरहेकी छिन् । गतवर्ष उनलाई पार्टीको पोलिटब्यूरोमा समावेश गरिएको थियो ।
उनी यसअघि यसै वर्ष प्योङचाङमा आयोजित विन्टर ओलम्पिकमा सहभागी हुन दक्षिण कोरिया गएकी थिइन् ।
उनी उत्तर कोरियाका अहम् नेताहरु मध्येमा पर्ने बताइन्छ । किमले लिने ठूला फैसलाहरुमा उनकी बहिनीको पनि हात रहने जानकारहरुको भनाई छ ।

किम योङ–नम
९० वर्षिय किम योङ–नमले आफ्नो लामो कार्यकालका दौरान देशमा तीन शासकहरुको शासनका देखेका छन् । उनले कयौं पटक विदेश भ्रमण गरिसकेका छन् ।
गत वर्ष उनी ईरानका राष्ट्रपति हसन रूहानीको दोस्रो कार्यकालको शपथ ग्रहण समारोहमा पनि सहभागी भएका थिए । सुप्रीम नेतृत्वका प्रति उनको निष्ठामाथि कहिल्यै प्रश्न उठाइएको छैन् ।
दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले एक उत्तरी कोरियाका नागरिकलाई उद्धृत गर्दै भनेको छ, “ किम योंग–नमले कहिल्यै कुनै गल्ती गर्दैनन् । यही कारण सत्तामा कयौं पटक परिवर्तन भए पनि उनले आफ्नो ओहदालाई यथावत राखेका छन् ।’’

चोई ह्वी
चोई ह्वी उत्तर कोरियाका खेल मन्त्री हुन् । उनी सरकारी टेलीभिजनमा आफ्नो सहज छविका रुपमा चिनिन्छन् । उत्तर कोरिया लीडरशिप वाच ब्लगका अनुसार सन् १९८० को दशकको मध्यमा सी अफ ब्लड ओपेरा समूहको प्रबन्धकका रूपमा उनले अहम् भूमिका निभाएका थिए ।
चोई ह्वी आफ्नो करियरको अधिकांश समय उत्तर कोरियाको कला क्षेत्रमा बिताएक छन् । देशको पहिलो महिला पप ग्रुप मोरनबान्ग ब्याण्डको स्थापनामा  उनको महत्वपूर्ण भूमिका रहेको बताइन्छ ।

किम योंग–चोल
जनरल किम योंग–चोल उत्तर कोरियाका विवादित नेता मध्ये एक हुन् । उनी देशको सैन्य गुप्तचर विभागका प्रमुख रहिसकेका छन् । सन् २०१० मा योनपियोंग द्वीपमा भएको आक्रमण र दक्षिण कोरियाली युद्धपोत चेओनानमाथिको हमलामा उनकै रणनीति अनुसार काम गरिएको बताइन्छ ।
लीडरशिप वाच रिपोर्ट्सका अनुसार किम व्यंग्य गर्ने गर्दछन् र उनका साथमा काम गर्न सहज हुँदैन ।

री सू–योंग
री सू–योंगलाई री चोलका नामबाट पनि चिनिइन्छ । उनको किम जोंग–उनको परिवारसँग पुरानो साइनो छ । उनी किम जोंग–इलका स्कूलका साथी थिए । पछि स्वीट्जरल्याण्डमा पढाईका दौरान किम जोंग–इलका छोराछोरीको अभिभावक पनि रहेका थिए ।
उत्तर कोरिया लीडरशिप वाचका अनुसार कोरियाली शासक किम जोंग–उन उनलाई ‘पिता समान’ मान्दछन् । री सू–योंगले विदेशमा कयौं पटक उत्तर कोरियाको प्रतिनिधित्व गरिसकेका छन् । सन् २०१४ मा विदेश मन्त्री बनाइएका री सू–योंग अहिले अन्तराष्ट्रिय मामिल विभागका प्रमुख छन् । उनी विदेशी कुटनीतिज्ञहरुसँगको वार्तामा आफ्नो भूमिका निर्वाह गर्दछन् । लीडरशिप वाचका अनुसार संयुक्त राष्ट्रसंघमा राजदूतका हसियतमा उनलाई सम्मान गरिन्छ ।

री म्योंग–सू
री म्योंग–सू ले सन् २०१६ मा देशको सैन्य प्रमुखका रूपमा पदभार सम्हालेका हुन् । किम जोंग–उनको निर्देशनमा काम गर्दैै आएका उनीभन्दा अगाडिका दुई सेना प्रमुख मध्ये एक जनाको हत्या गरिएको थियो भने एकलाई बर्खास्त गरिएको थियो ।
कोरियाली युद्धमा सहभागी भइसकेका री म्योंग–सू लाई एक प्रमुख सैन्य रणनीतिकारका रूपमा पनि हेरिन्छ । उत्तर कोरिया लीडरशिप वाचका अनुसार उनले किम जोंग–उनलाई देशको नेतृत्व लिनका लागि तयार गरेका थिए । किम जोंग–इलको मृत्यु पछि केही वर्ष गायब भएका री म्योंग–सू अहिले फेरी एक पटक उत्तर कोरियाका अहम् नेताका रुपमा रहेका छन् ।

पाक योंग–सिक
पाक योंग–सिक सन् २०१५ बाट उत्तर कोरियाको रक्षा मन्त्री (मिनिस्ट्री अफ पीपल्स आर्म्ड फोर्सेस) छन् । यो मन्त्रालयले सेनाको प्रशासनिक र अन्य गतिविधिका साथसाथै विदेशी सेना र राजदूतहरुका साथ वार्ता पनि गर्दछ । देशको सेनाको पुनर्गठनको काम पाक योंग–सिक कै निगरानीमा भएको थियो ।

री योंग–हो
री योंग–हो उत्तर कोरियाको परमाणु कार्यक्रमका मुख्य मध्यस्थकर्ता हुन् । उनी ब्रिटेनलगायतका देशहरुमा राजदूत समेत भइसकेका छन् ।  सन् २०१६ मा उनलाई विदेश मन्त्री बनाइएको थियो । पाक योंग–सिकलाई अत्याधिक बोल्ने नेताका रुपमा लिइन्छ ।
गत वर्ष उनले अमेरिकामाथि उत्तर कोरिया विरुद्ध “युद्ध छेडेको’’ आरोप लगाएका थिए । उनले भनेका थिए, ‘‘अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका धम्कीहरु कुकुरले भुके समान हो ।’’

री सोन–ग्वोन
री सोन–ग्वोन दक्षिण कोरियाका साथ उत्तर कोरियाको सम्बन्धहरुमा नजर राख्ने समूह पीसफुल रीयुनिफिकेशन अफ द कन्ट्री समितिका प्रमुख हुन् । हालै सम्पन्न विन्टर ओलम्पिकमा उत्तर कोरियाले भाग लिनका लागि भएको कुराकानीमा ं उनको अहम भूमिका रहेको थियो । -बीबीसी
https://www.bbc.com/hindi/international-43917042

प्रतिक्रिया दिनुहोस