दरबारमार्ग कन्सर्टमा पक्राउ परेका युवा फरार प्रतिवादी

सफल खबर संवाददाता

शुक्रबार, ०४ असोज २०८१, ११ : ४५
दरबारमार्ग कन्सर्टमा पक्राउ परेका युवा फरार प्रतिवादी

काठमाडौं । संविधान दिवसको अवसरमा बिहीबार दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’मा धकेला–धकेल गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुझाङ घर भएका १९ वर्षीय तिलक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । पक्राउ परेका खड्का ज्यान मार्ने उद्योगका प्रतिवादी समेत रहेको पाइएको उनले बताए ।

पक्राउ परेका युवकलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । उनी त्रिचन्द्र कलेजका विद्यार्थी हुन् । गत जेठमा कलेजमा साथीहरु सामान्य विवाद हुँदा उनले अर्का विद्यार्थीलाई आक्रमण गरेको आरोप छ ।

उक्त मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता समेत भएको पाइएकाले अहिले अदालत पठाइएको एसपी अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस