राप्रपाका अध्यक्षले गरे ३३५ जना प्रतिनिधि मनोनित

सफल खबर संवाददाता

शुक्रबार, १७ मंसिर २०७८, ०८ : ५७
राप्रपाका अध्यक्षले गरे ३३५ जना प्रतिनिधि मनोनित

काठमाडौं । महाधिवेशन गरिरहेको राप्रपामा ३३५ जना महाधिवेशन प्रतिनिधि अध्यक्षत्रयले मनोनित गरेका छन् । राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार ३३५ जना मनोनित गरिएको हो । 

यसअघि बिहीबार समितिले ४४७१ जना प्रतिनिधिको सूची प्रकाशित गरेको थियो भने अब त्यसमा ३३५ जना थप हुनेछन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ भने नेतृत्वको दौडमा कमल थापा र राजेन्द्र लिङ्देन रहेका छन् ।