काठमाडौं । नेकपा माओवादी केन्द्रले आज दिउँसो १ बजे स्थायी समितिको बैठक बोलाएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बैठक डाकिएको स्थायी समिति सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।
बैठकमा पार्टीको आगामी राष्ट्रिय सम्मेलनबारे छलफल गर्न लागिएको माओवादी केन्द्रको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । बैठकमा पार्टी सम्मेलनमा प्रस्तुत गरिने विधान, प्रतिवेदन, सम्मेलनको व्यवस्थापन, प्रतिनिधि छनोट मापदण्डलगायतका विषयमा छलफल हुने बताइएको छ ।
राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । माओवादी केन्द्रले अहिले वडादेखि प्रदेशसम्म नयाँ नेतृत्व चयन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ मंसिर २०७८, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रद्वारा केन्द्रीय राहतकोष स्थापना
बेपत्ताको खोजी, विस्थापितहरुको पुन: स्थापना गर्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण
जनसेवामा जुट्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
माओवादीले सुदूरपश्चिममा ‘तीनमहिने सङ्गठन विस्तार’ कार्यक्रम गर्ने
एकीकृत समाजवादीका नेता कन्दङ्वासहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
माओवादी केन्द्रद्वारा उपचार सहायता दिनुपर्ने माग: कोशी प्रदेश