काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी भित्र शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको भन्दै असन्तुष्टि जनाएका छन । मंगलबार लोकेश ढकालद्वारा लिखित पुस्तक ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ लोकार्पण समारोहमा बोल्दै नेता सिंहले नेपाली कांग्रेसमा आदर्श र मूल्य, मान्यताको राजनीतिलाई महत्व नदिई शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको बताए ।
आदर्शको राजनीति नहुँदा पार्टी भित्र कमिकमजोरी देखा पर्न थालेको बताए । पार्टीको सबै कमिटीमा प्रजातान्त्रिक अभ्यास हुन नसकेको उल्लेख गर्दै उनले तल्लो तहदेखि केन्द्रसम्म पार्टीलाई विधिसम्मत् रुपमा चलाउनुपर्नेमा जोड दिए । उनले भने,‘१७ सालदेखि ४६ सालको पिरियडसम्म कांग्रेस मुल्य र मान्यताको राजनीतिमा आधारित थियो । ४६ पछि मुल्य, मान्यताको राजनीतिलाई महत्व नदिइकन, आदर्शको राजनीतिलाई महत्व नदिइकन शक्तिकेन्द्रीत राजनीतिमा जोड दिइयो । सत्ताको राजनीतिलाई जोड दिएको कारणले गर्दाखेरी कमी कमजोरी देखा पर्न थालेको छ । प्रजातान्त्रिक पार्टी, आन्तरिक डेमोक्र्याटिक एक्सरसाइज त हुनुप¥यो । तल्लो तहदेखि केन्द्रसम्म पार्टीको विधान अनुसार पार्टी चल्नुप¥यो । विधिसम्मत्, नियमसम्मत् तवरले पार्टी चल्नुप¥यो । संस्थागत रुपमा पार्टी चल्नुप¥यो ।’
नेता सिंहले नेपालका राजनीतिक दलहरु संस्थागत रुपले चल्न नसकेको बताए । राजनीतिक दलहरु संस्थागत रुपले चल्न नसक्दा प्राप्त भएका राजनीतिक उपलब्धिहरुलाई जनतासम्म प्रभावकारी रुपले पु¥याउन नसकिएको उनको भनाई छ । राजनीतिक पार्टीमा भएका कमी, कमजोरी र विकृतिहरुलाई हटाउनुपर्ने उनले बताए । उनले भने,‘राजनीतिक पार्टी संस्थागत गर्नै सकेको छैन सबभन्दा कमजोरी पक्ष । जुन दलले नेतृत्व ग¥यो, क्रान्ति ग¥यो । त्यही दलमा संस्थागत हुन नसकेपछि त गाह्रो हुँदोरहेछ नि । प्राप्त भएका जुन अधिकारहरु हुन्, प्राप्त गरेका जुन उपलब्धिहरु छन् ति उपलब्धिहरुलाई जनतासम्म पु¥याउनको लागि प्रभावकारी माध्यम भनेको राजनीतिक दल हो । राजनीतिक पार्टीमा कमीकमजोरी के हो भन्दाखेरी पार्टी संस्थागत नै हुन सकेको छैन । संस्थागत नभएको कारणले, अहिले सिस्टममा नै कमी, कमजोरीहरु देखा परेको कारणले, राजनीतिक कमी कमजोरीहरुलाई फिल्टर गर्ने त पार्टीहरु हुन् नि त । कांग्रेसमा देखा परेका कमी, कमजोरी, विकृतिहरु हटाउनका लागि फिल्टर गर्न जोड दिए राम्रो हुन्छ ।’
उनले प्रजातान्त्रिक प्रणालीको रक्षाको निम्ति कांग्रेसलाई मजबुद बनाउनुपर्ने बताए । कांग्रेसलाई विधिसम्मत्, नियमसम्मत् र संस्थागत रुपमा चुनौती सामना गर्नसक्ने प्रभावकारी पार्टीको रुपमा परिणत गर्नु आवश्यक रहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ मंसिर २०७८, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चणिकलाल तामाङलाई कार्यवाहक प्रम सिंहले गरे सम्मान
हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय
पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामीमैत्री बन्नुपर्छः कार्यवाहक प्रधानमन्त्री सिंह
भुक्तानी माग्दै निर्माण व्यवसायीले बुझाए कार्यवाहक प्रधानमन्त्री सिंहलाई ज्ञापन
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई