काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ भने सात जना एसएसपी र सातै जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न निकायमा कार्यरत एसएसपीको सरुवा भएको हो भने भर्खरै एसपीबाट एसएसपीमा बढुवा भएका र डीएसपीबाट एसपीमा बढुवा भएकाको पदस्थापन भएको हो ।
जसमा कर्णली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत एसएसपी अर्जुनचन्द्र ठकुरीको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा, प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग वृत्ति विकास महाशाखामा कार्यरत यज्ञ विनोद पोखरेलको महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत किरण बज्राचार्यको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ ।
यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय अपराज निण्यन्त्रण तथा अनुसन्धान महाशाखामा कार्यरत एसएसपी मोहनप्रसाद पोख्रेलको बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली र दुइ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा शान्ती सुरक्षा महाशाखामा कार्यरत दिपक थापाको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग वृत्ति विकास महाशाखामा सरुवा भएको हो । काठमाडौं प्रहरी प्रमुखमा अशोक सिंह यथावत रहेका छन्। काठमाडौं प्रहरी प्रमुखमा सिंहको एक वर्ष कार्यकाल मंसिर पहिलो साता पुगेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ मंसिर २०७८, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका २५ जना एसपीलाई एसएसपी
पाँच एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?
प्रहरीका पाँच प्राविधिक एसएसपीको बढुवा सिफारिस
दिल्ली कन्सुलरसहित तीन एसएसपीको सरुवा
सशस्त्रका १५ जना एसएसपीहरुको सरुवा