मोरङ कांग्रेसमा कसैकाे पनि बहुमत पुगेन, पुन:निर्वाचन हुने

सफल खबर संवाददाता

सोमबार, १३ मंसिर २०७८, ११ : ५८
मोरङ कांग्रेसमा कसैकाे पनि बहुमत पुगेन, पुन:निर्वाचन हुने

विराटनगर । १४औं महाधिवेशनअन्तर्गत आइतबार भएको नेपाली कांग्रेस मोरङको सभापति पदको पुन:निर्वाचन हुने भएको छ। जिल्ला सभापतिका तीन जना उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएकाले पुन: निर्वाचन हुने भएको हो।

३ हजार ५ सय ८५ जना मतदाता रहेको मोरङ जिल्ला अधिवेशनमा ३ हजार ४१४ जनाले मतदान गरेका थिए। सभापति पदमा ३ हजार ३६० मत खसेको थियो। जसमा सभापतिमा उम्मेदवार डिग बहादुर लिम्बूले १ हजार ५४४, दिलिप गच्छदारले १ हजार १६६ र यदुकुमार बिष्टले ५६३ मत प्राप्त गरेका छन्।

सभापतिमा उम्मेदवारी दिएका मध्ये लिम्बु र विष्ट संस्थापन इतर पक्षका हुन भने गच्छदार संस्थापन पक्षका हुन्। पुन निर्वाचित कहिले हुने भन्ने तय नभएको निर्बाचन समितिलागि जनाएको छ । बाकी पदको मत गणना जारी रहेको छ ।