काँग्रेस महाधिवेशन : दैलेख सभापतिमा रेग्मी

सफल खबर संवाददाता

सोमबार, १३ मंसिर २०७८, ०८ : ४०
काँग्रेस महाधिवेशन : दैलेख सभापतिमा रेग्मी

कर्णाली । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत दैलेख जिल्ला कार्य समितिको सभापति पदमा मणिराम रेग्मी निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी घनश्याम भण्डारीलाई ३७ मत अन्तरले हराउँदै रेग्मी ७९१ मत ल्याएर विजयी भएकमा हुन् ।

 गत शुक्रबारदेखि सुरुआत भएको अधिवेशनमा शनिबार मतदान र आइतबार साँझ मतगणना सम्पन्न भएको थियो । जिल्ला नेतृत्व चयनका लागि भएको मतदानमा एक हजार ५५९ मत खसेको थियो । काँग्रेसका जिल्ला निर्वाचन अधिकृत अधिवक्ता विवशकुमार बस्नेतले उपसभापतिमा नवराज शाही, रीताकुमारी शाही, सचिवमा खेमराज वली, नारायणप्रसाद रेग्मी, सहसचिवमा कनकबहादुर सेन र महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । त्यस्तै, प्रदेश महाधिवेशन प्रतिनिधिमा विमलविक्रम शाही र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा नरबहादुर खड्का निर्वाचित भएको जानकारी दिए  । 

काँग्रेसका पुराना नेता नवनिर्वाचित रेग्मी १३ औँ महाधिवेशनमा पनि सभापतिको उम्मेदवार भई पराजित भएका थिए । दैलेख क्षेत्र नं २ का पूर्वक्षेत्रीय सभापति भण्डारी हाल दुल्लू नगरपालिकाका प्रमुख छन् ।

प्रतिक्रिया दिनुहोस