लन्डन । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शनिबार साउथह्याम्पटनलाई ४–० ले हरायो । हराएसँगै लिभरपुल लिग तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीमाथि दबाब कायम राख्न सफल भएको छ ।
योर्गन क्लोपका लागि डिएगो जोटाले दुई गोल गरे र एनफिल्डमा प्राप्त जितपछि लिभरपुल दोस्रो स्थानमा उक्लेको छ । वेस्ट ह्यामविरुद्धको खेल गुमाएयता सबै खाले प्रतियोगिताका लिभरपुलको यो लगातार तेस्रो जित हो ।
लिभरपुल चेल्सी भन्दा एक अंकले पछाडि छ । आइतबारको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडको आथित्य गर्नेछ । तेस्रो स्थानका रहेको म्यानचेस्टर सिटीले भने आइतबारकै अर्को खेलमा वेस्ट ह्यामको सामना गर्नेछ ।
शनिबारका अन्य खेलमा आर्सनलले न्युकासललाई २–० ले पराजित गर्यो । यस्तै, एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई २–१ ले पन्छायो भने नरविच र उल्भ्स तथा ब्राइटन र लिड्सले समान गोलरहित बराबरी खेले ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १२ मंसिर २०७८, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोहम्मद सलह नायक बनेको खेलमा लिभरपुलको जित
लिभरपुलको उपाधि सम्भावना अझ बलियो
टोटनहामको पोस्टमा लिभरपुलको ६ गोल
लिभरपुलसँगको दुरी कम गर्दै चेल्सी
च्याम्पियन्स लिगः लिभरपुल अन्तिम १६ नजिक
प्रिमियर लिगमा सिटीको हार कायमै, लिभरपुलको फराकिलो शीर्षस्थान