काठमाडौं । पछिल्लो २४ घण्टामा शनिवार मुलुकमा २१३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६३२ जनामा नमुना (पीसीआर ४ हजार ९०७ र एन्टीजेन १ हजार ७२५) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
सोही अवधिमा कोरोनाभाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ भने ३२५ जना डिस्चार्ज भएर घर फर्किएका छन् । गत २४ घण्टामा १ लाख १५ हजार ४३४ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५२१ पुगेको छ भने अहिलेसम्म ७ हजार १५६ सक्रिय संक्रमित छन् ।हालसम्म देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख २० हजार ७२४ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टीजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ४६८ जनामा पुष्टि भएको छ ।संक्रमितमध्ये हालसम्म ८ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् । हाल कोरोना निको हुनेदर ९७।७ प्रतिशत रहेको छ भने मृत्युदर १।४ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ मंसिर २०७८, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण
चितवनमा १० महिनापछि देखियो कोरोना