काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले शनिबार एपीएफ फुटबल क्लबलाई १-० ले पराजित गरेको छ । लिगमा च्यासलको यो पहिलो जित हो । पहिलो खेलमा च्यासल थ्री स्टारसंग पराजित भएको थियो ।
विभागीय टोली एपीएफको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइज क्लबसंग पराजित भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा च्यासलका लागि रुमेश बर्तौलाले दोस्रो हाफमा एक मात्र गोल गरे ।
पहिलो हाफमा च्यासलले गोलका लागि एक अवसर बनाएपनि गोल भएन । विकास मेरागलियाले कमल श्रेष्ठको कर्नरबाट आएको बलमा हेडिङ गरेको बल एपीएफमा राजन गुरुङले गोललाईन अगाडिबाट बचाएका थिए ।
खेलको ४९ औं मिनेटमा च्यासलका लागि रुमेशले गोले गरे । उनले कमल श्रेष्ठको पासमा एक खेलाडीलाई छलाउँदै पेनाल्टी बक्सको ‘एज’ बाट उत्कृष्ट गोल गरेका थिए ।
च्यासलका गोलका लागि दोस्रो हाफमा अरु पनि अवसर बनाएपनि सफल हुन सकेन । पहिलो जितपछि च्यासलले ३ अंक जोडेको छ । लगातार दुई हारपछि एपीएफ अंकविहीन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ मंसिर २०७८, १५ : ४५
लेखकबाट थप