‘सिजि मेरिडिया’ प्रिमियम फ्रिज बजारमा

सफल खबर संवाददाता

बुधबार, ०८ मंसिर २०७८, १५ : ५६
‘सिजि मेरिडिया’ प्रिमियम फ्रिज बजारमा

काठमाडौं । सिजि ब्राण्ड अन्तर्गत सिजिले आफ्नो ‘सिजि मेरिडिया’ प्रिमियम फ्रिज आजबाट बजारमा ल्याएको छ । सिजि मेरिडिया फ्रिज सिजि ब्राण्डको लक्जरी उत्पादनहरूमध्ये एक हो । 

आफ्ना सुरूवाती दिनहरूदेखि नै सिजि ब्राण्डले नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कुरा सर्ब बिदितै छ । प्रविधिको क्षेत्रमा नवीनता र आयम भित्र्याउँदै सिजि ब्राण्ड आज हरेक नेपालीको मनमा बस्न सफल भएको छ । 

प्रविधि र नवीनतामा बिशेष चासो राख्ने सिजि ब्राण्डको उन्नत प्रविधिबाट सुसजित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय हो । बजारमा आएको यस ‘सिजि मेरिडिया’ फ्रिज अत्याधिक उत्कृष्ट प्रविधिबाट बनाइएको फ्रिज हो । यस फ्रिजको मूख्य आकर्षण ‘डिजिटल इनभर्टर कम्प्रेसर’ प्रविधि हो । जसमा भेरियबल स्पिड कम्प्रेसरको मद्दतले बिजुलीको बचत गर्नुका साथै इनर्जी इफिसेन्ट पनि छ । साथ साथै छिटो चिसो बनाउने र शान्त रुपले चल्ने गर्दछ । 

त्यसैगरी, मेरिडिया फ्रिज, अत्याधिक ताजगी, साइक्लोपेनटेन, जसले लोडसेडिङको अवस्थामा पनि खानालाई लामो समय सम्म ताजा बनाउने जस्ता जीवन सहज बनाउने थप सुविधाहरूबाट तयार पारिएको उत्पादन हो । कम्पनीले यस फ्रिजको खरिदमा  १० बर्षको कम्प्रेसर वारेन्टी पनि उपलब्ध गराएको छ । सिजि ब्राण्डले आउने दिनहरूमा‘ सिजि मेरिडिया’ नाम अन्तर्गत आफ्ना अरु पनि थुप्रै उत्पादनहरू बजार ल्याउने कुरा पनि कम्पनिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस