काठमाडौं । आज सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ तोकिएको छ । हिजो, छापावाल सुनको मूल्य ९३ हजार ९०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको महासंघले जानकारी दिएको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेसँगै प्रतितोला मूल्य १२ सय ५५ रुपैयाँ तोकिएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ मंसिर २०७८, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेटौँडाबाट ८ किलो सुनसहित २ जना पक्राउ
सुनको मूल्यमा नयाँ किर्तिमान, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलाको ?
सुनको मुल्य अहिलेसम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन ३ हजार रुपैयाँ बढ्यो
एक वर्षमै ४१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य