विभागिय मन्त्रीको अनुगमनसंगै वैदेशिक रोजगार कार्यालयको सेवामा सुधार

सफल खबर संवाददाता

मंगलबार, ०७ मंसिर २०७८, ०७ : ३६
विभागिय मन्त्रीको अनुगमनसंगै वैदेशिक रोजगार कार्यालयको सेवामा सुधार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार  कार्यालय ताहचलमा अनुगमन गरी सेवालाई व्यवस्थित र पारदर्शी गर्न निर्देशन दिएसँगै केही सुधार भएको मन्त्रालयले जनाएको  छ । 

गत मंसिर १ गते मन्त्री श्रेष्ठले वैदेशिक रोजगार  कार्यालय ताहचलमा अनुगमन गरेका थिए । सेवाग्राहीको समस्या र गुनासाहरु सुनेर मन्त्री श्रेष्ठले तत्काल समाधानका लागि कर्मचारीलाई निर्देशन दिएपछि विभिन्न ४ सुधारको काम थालनी भएको मन्त्रालयको भनाइ छ । यसले सेवाग्राहीलाई सहजता हुने विश्वास मन्त्रालयको छ ।  

१. विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न श्रम स्वीकृति लिने प्रक्रियागत काम आधा घटाइएको छ, जसबाट घण्टौं लाइन बस्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।

२. सेवाग्राहीले अनलाइन फारम भरेर ई–टोकन अर्थात् विद्युतीय पालो प्रणालीको व्यवस्था रहेकोमा अनलाइन र अफलाइन टोकनका आधारमा सेवा दिने व्यवस्था गरिएको छ । 

३. ठगीलाई नियन्त्रणका लागि सहायता कक्ष स्थापना गरिएको छ । 

४. श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिकका सेवाग्राहीको भीड हुने भएकोले आवश्यकता अनुसार २ सिफ्टमा काम गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस