काठमाडौँ । हालसम्म नेप्सेमा सूचिकृत भएका विभिन्न ५ वटा विकास बैंकहरूले आर्थिक वर्ष २०७७ र ७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशको घोषणा गरेका छन् । साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ ।
लाभांश घोषणा गर्ने ५ वटा विकास बैंकमध्ये सबैभन्दा धेरै कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ भने सबैभन्दा थोरै सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश रहेको छ । कामना सेवा विकास बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेका हुन् । जसमध्ये, कामना सेवा र सांग्रिलाको लाभांश साधारण सभाबाट पारित भइसकेको छ । मुक्तिनाथ विकास बैंकले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । शाइन रेसुङ्गा र लुम्बिनी विकास बैंकले भने हालसम्म साधारण सभा तथा बुकक्लोज मिति तोकेका छैनन् ।
कामना सेवा विकास बैंक लिमिटेड
कामना सेवा विकास बैंक लिमिटेडको असोज ७ गते, बिहीबार सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८।५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको १५ औं वार्षिक साधारण सभा आज कात्तिक २३ गते, मंगलबार, पार्क भिलेज रिसोर्ट, बुढानीलकण्ठ, काठमाडौँमा सम्पन्न भइसकेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कात्तिक १० गते एक दिनको लागि बुकक्लोज गरेको थियो । त्यसैले, कार्तिक ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । अब बैंकको सेयर किन्नेले यो आर्थिक वर्षको लाभांश पाउँदैनन् ।
मुक्तिनाथ विकास बैंक लिमिटेड
मुक्तिनाथ विकास बैंक लिमिटेडको कार्तिक १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९२५ प्रतिशत नगद गरी कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २५ गते, शनिबार होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजेदेखि सुरू हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
लुम्बिनी विकास बैंक लिमिटेड
लुम्बिनी विकास बैंक लिमिटेडको कार्तिक ८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७ र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३।७१२ प्रतिशत नगद गरी कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लोज मिति तोकेको छैन ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको कार्तिक १४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १०।९३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लोज मिति तोकेको छैन ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको असोज १९ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५२६३ प्रतिशत नगद गरी कुल १०।५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको १७औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार, लैनचौर ब्यांक्वेट, लैनचौर, काठमाडौँमा सम्पन्न भइसकेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ५ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गरेको थियो । त्यसैले, कार्तिक ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ मंसिर २०७८, १७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘समस्याग्रस्त’ कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट
अधिकांश विकास बैंक एनएफआरएस–९ मा आबद्ध