काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त भनेको कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।राष्ट्र बैंकले मंगलबार कर्णाली विकासमा समस्या देखिएको भन्दै निक्षेप संकलन र कर्जा लगानीमा रोक लगाएको थियो । तर बुधबारको सेयर बजारमा त्यसको कुनै असर देखिएको छैन ।
उल्टै कर्णालीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । बुधबार कर्णाली विकास बैंकको मूल्य ७६.९० रुपैयाँ बढ्दै प्रतिकित्ता ८४५.९० कायम भएको छ । मंगलबार बजार बन्द हुँदा यसको मूल्य ७६९ रुपैयाँ थियो । बुधबार यो बैंकको २ लाख ५० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिकांश विकास बैंक एनएफआरएस–९ मा आबद्ध