सञ्चयकोषको अल्टिमेटम : इच्छाराजले ३५ दिनभित्र ऋण नतिरे सीटीसी मल लिलामी गर्ने

सफल खबर संवाददाता

सोमबार, ०६ मंसिर २०७८, १४ : ०९
सञ्चयकोषको अल्टिमेटम : इच्छाराजले ३५ दिनभित्र  ऋण नतिरे सीटीसी मल लिलामी गर्ने

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका निक्षेपकर्तालाई संगठितरुपमा ठगि गरेको आरोपमा प्रहरी हिरासतमा रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ थप समस्यामा परेका छन ।

कर्मचारी सञ्चय कोषले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ सहितको नाममा सार्वजनिक सूचना गरी गर्दै ऋणको साँवा व्याज भुक्तानी गर्न आग्रह गरेको छ ।कोषले सुचना जारी गर्दै ३५ दिनभित्र सम्पुर्ण सावाँ, ब्याज, ब्याजमा लाग्ने जरिवना र अन्य जरिवाना चुक्ता गर्न भएको छ ।

उक्त समय अवधिभित्र ऋण चुक्ता नगरे कोषले धितो लिलाम गरेर रकम असुल गर्ने बताएको छ । कोषले धितोकोरुपमा रहेको सुन्धारास्थिति ६ रोपनी क्षेत्रफलमा रहेको सिटिसी मल र सो निर्माण गरिएको ८२ हजार ९५ वर्गफिट बारबरको पसल समेत लिलाम गर्ने जनाएको छ ।

इच्छराजले सिभिल इस्टेटसका अध्यक्ष इच्छाराज तामाङ सहित सञ्चालकहरु केशवलाल श्रेष्ठ र प्रविण मुखिया, लालकाजी गुरुङ्ग, रामकृष्ण पौडेल, हरिहरप्रसाद लमिछाने, प्रविणप्रसाद प्रधान र सुमन नन्दन बैधको नाम समेत सुचनामा प्रकाशित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस