काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पाँच दलीय गठबन्धनको चुनौती चिर्दै अबको चुनावमा आफूहरुको पार्टीले बहुमत ल्याउने बताएका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा भट्टराईले यस्तो बताएका हुन्। ‘विभिन्न षडयन्त्रबाट हामी सरकारबाट प्रतिपक्षमा छौँ। एमालेबाट बाहिरिएको सानो समूहले अलग्गै गतिविधि गरिरहेको छ’ उनले भने, ‘तर यसका बावजुद अझै पनि एमालेलाई विशाल बनाउँछौँ। आगामी निर्वाचनमा बहुमत ल्याउने चुनौती हामीसँग छन्।’
भट्टराईले पाँच दलीय गठबन्धनलाई चिरेर एमालेले बहुमत ल्याउने बताएका छन्। एमालेविरुद्ध गठबन्धन बनेका छन्। पाँच दलीय गठबन्धनलाई पनि एमालेले चिर्नेछु, उनले भने, ‘ती सबै अवरोधलाई एमालेले तोडेर शक्तिमा फर्किन्छ। सरकारमा फर्किन्छ। त्यहीकारण हामी सर्वसम्मत नेतृत्व चयन गर्छौँ। केपी ओलीको अगुवाइमा एमाले अर्को पटक सत्तामा फर्किने गरी अघि बढेका छौँ।’
उनले दशौँ महाधिवेशनले एमालेलाई देशको हरेक तहमा ‘कम व्याक’ गराउने बताएका छन्। ‘हामी आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा ५० प्रतिशत जित्ने गरी जान्छौँ’ उनले भने, ‘त्यस्तै अन्य चुनावमा पनि बहुमत ल्याउने गरी हामी तयारीमा लागिसकेका छौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ मंसिर २०७८, १६ : १७
लेखकबाट थप