वीरगंज । पर्सामा बिभिन्न पार्टी परित्याग गरी दर्जनौंको संख्यामा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । बिहीबार जनता समाजवादी पार्टी पर्सा जिल्लाको आयोजनामा जसपा केन्द्रिय कार्यालय बालकुमारीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पर्सा जिल्लाको सखुवा परसौनि गाउँपालिकाबाट विभिन्न पार्टी परित्याग गरि दुई दर्जन भन्दा बढी संख्यामा जसपामा प्रवेश गरेका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यावद, नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय रेणु कुमारी यादब , प्रदेश नम्बर २ का मुख्यमन्त्री माननीय लाल बाबु राउत तथा पर्सा क्षेत्र नं ३ का सांसद हरिनारायण रौनियारले संयुक्त रुपमा खादा अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रममा जसपाका केन्द्रिय सदस्य फडिन्द्र देवकोटा साथै जसपा पर्साका बिभिन्न नगरपालिका तथा गाउँपालिकाका अध्यक्षरउपाध्यक्षहरुको उपस्थिति थियो भने कार्यक्रम सञ्चालन जसपा पर्सा जिल्ला अध्यक्ष राम नरेश यादवले गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ मंसिर २०७८, १३ : १२
लेखकबाट थप