काठमाडौं । कोरोना महामारी उत्कर्षमा रहेका बेला लगानीका क्षेत्र खुम्चिरहँदा ऋणीप्रति उदार व्यवहार देखाएका बैंकहरू अहिले व्यवसायीलाई कस्ने नियतमा लागेका छन् ।
कोरोना महामारी मत्थर भएसँगै उद्यम व्यापारले गति लिन थालेको छ । यो बेला बैंकहरूले तरलता अभावलाई कारण देखाएर लिमिटमा भएको रकमसमेत दिन नमानेको गुनासो औसत व्यवसायीको छ ।
बैंकहरूले ऋणीलाई प्रिमियम दर बढाउन दबाब दिन थालेको वीरगञ्ज उद्योग वाणिज्य संघले बताएको छ । संघले यसबारेमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेरै ध्यानाकर्षण गराए पनि ती निकायले सुनुवाइ नगरेको संघको बैंक तथा वित्तीय समितिका संयोजक आशिष लाठ बताउँछन् ।
अहिले बैंकहरूले प्रिमियममा ३ देखि ४ प्रतिशत बिन्दुसम्म बढाउन दबाब दिइरहेको संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् ।आर्थिक अभियान दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०२ मंसिर २०७८, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा छुट
केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने, आजै बोलकबोल
केन्द्रीय बैंक मुद्दति निक्षेपमा १४ करोड रुपैयाँ लगानी गर्दै
बैंकले विदेशी विनिमय कारोबारको इजाजतपत्र नवीकरण गर्नु नपर्ने
एनएमबि बैंकद्वरा २० मिलियन अमेरिकी डलर ऋण प्राप्त
आजदेखि दसैँका लागि नयाँ नोट सटही