सुनचाँदीको मूल्य घट्यो, कति छ आज प्रतितोला ?

सफल खबर संवाददाता

सोमबार, २९ कार्तिक २०७८, ११ : ४९
सुनचाँदीको मूल्य घट्यो, कति छ आज प्रतितोला ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएकोमा सोमबार तीन सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो । सोमबार छापावाल सुन प्रति १० ग्राम ८० हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ८० हजार ४२० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

सोमबार चाँदीको मूल्यमा पनि तोलामा १५ रुपैयाँ  घटेको  छ ।  चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ९७ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस