काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहका नेताहरुसँग आफूलाई सभापति बनाए तीन तहको चुनावपछि बिदा हुने बताएका छन् ।
कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि २७ सम्म काठमाडौंमा गर्ने तय भएको छ, तर पौडेल समूहले साझा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । यो समूहमा पौडेलसँगै महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा शेखर कोइराला दावेदार छन् ।
चार आकांक्षीबीच सहमति जुट्न सम्भावना टर्दै गएपछि वरिष्ठ नेता पौडेलले शुक्रबार आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा आफूलाई अहिले सभापति बनाए तीन तहको चुनावपछि छोड्ने बताएका हुन् ।
‘कि तपाईहरु नेतृत्वका विषयमा सहमति गर्नूस्, नत्र म सबैलाई संयोजन गर्न सक्छु, मलाई नेतृत्वमा सबैले अगाडि सार्नुस्,’ पौडेलले बैठकमा भने, ‘म पुरा कार्यकाल सभापति बन्दिन । तीन तहको निर्वाचनमा पार्टीलाई जिताएर विदा हुन्छु । त्यसपछि तपाईँहरुलाई नै छोड्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ कार्तिक २०७८, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वीट्जरल्यान्ड उड्नु अघि राष्ट्रिय सभा अध्यक्षले भेटे राष्ट्रपतिलाई
राष्ट्रपति पौडेलले एक महिनाको तलब उद्धार कोषमा प्रदान गर्ने
राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य
नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छ : राष्ट्रपति पौडेल
आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ : राष्ट्रपति पौडेल
राष्ट्रपतिद्वारा भक्तपुरको दरबार क्षेत्र अवलोकन