माओवादीले स्थानीय समितिको पदाधिकारी संख्या बढाउने

सफल खबर संवाददाता

शुक्रबार, २६ कार्तिक २०७८, १८ : १०
माओवादीले स्थानीय समितिको पदाधिकारी संख्या बढाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थानीय पार्टीको स्थानीय समितिको पदाधिकारी संख्या बढाउने भएको छ। शुक्रबार भर्चुअल माध्यममा बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्दै पदाधिकारी संख्या बढाउने निर्णय गरेको हो । 

केन्द्रीय सदस्य युवराज दुलालले अब गाउँपालिका र नगरपालिका समितिमा ७ जना पदाधिकारी रहने गरि विधान संशोधन गरिएको जानकारी दिए। माओवादीको विधानमा यसअघि स्थानीय समितिमा ५ जना पदाधिकारी हुने व्यवस्था थियो। अब त्यसलाई स्थानीय समितिमा अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव १ र कोषध्यक्ष १ गरि ७ पदाधिकारी हुने छन्। त्यस्तै जिल्ला समन्वय समितिमा पालिकाका अध्यक्ष, उपाध्यक्ष र सचिव पनि रहने छन् । संगठित सदस्यता नवीकरणको समय भने नथपिने दुलालले बताए। माओवादीले आगामी पुस ११–१३ सम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस