महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्छ : प्रदीपकुमार ज्ञावली

सफल खबर संवाददाता

विहीबार, २५ कार्तिक २०७८, ११ : ४६
महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्छ : प्रदीपकुमार ज्ञावली

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञावलीले एमालेको १०औँ महाधिवेशनले  सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताएका हुन्।

सचिव ज्ञावलीले भने, “अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ । केन्द्रीय सदस्यमा धेरै साथीहरू आकाङ्क्षी भएकाले मतदान हुन्छ ।” केन्द्रीय सदस्य र अन्य कुनै एक/दुई पदबाहेक अन्य पद सर्वसम्मतमै टुङ्गिने उनको भनाइ थियो ।
 
महाधिवेशनका लागि तयारी तीव्र पारिएकाले आज केन्द्रीय पदाधिकारी महाधिवेशन उद्घाटनस्थल र बन्द सत्रस्थलसमेत अनुगमन गर्न आएको सचिव ज्ञवालीले जानकारी दिए । महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम कात्तिक २७ गते हुने उल्लेख गर्दै उनले भने, “२७ गते देशभरि  र प्रवासमा समेत प्रतिनिधि छनोट गरिने छ ।” महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई निम्ता गर्ने काम सकिएको सचिव ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस