काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
बैठकले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको छ भने प्रदेश पदाधिकारीहरुको सम्बन्धमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेशका केन्द्रीय कमिटी सदस्यहरुसँग परामर्श गरी टुंगो लगाउने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ कार्तिक २०७८, १७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी पदाधिकारी बैठक माघ २ गते सर्यो
शान्ति प्रक्रिया राजनीतिक कारणले अड्कियो, सडकमा जाने तयारी गरौँ : प्रचण्ड
सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको माओवादीको निष्कर्ष (प्रस्तावसहित)
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
माओवादीले ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने
माओवादीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन : प्रचण्ड