सर्वोच्च अदालतमा बल्झिएको विवाद सुल्झाउने तयारीमा सरकार लागेको छ : गृहमन्त्री खाँड

सफल खबर संवाददाता

सोमबार, २२ कार्तिक २०७८, १५ : ३८
सर्वोच्च अदालतमा बल्झिएको विवाद सुल्झाउने तयारीमा सरकार लागेको छ : गृहमन्त्री खाँड

जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँडले न्यायालय (सर्वोच्च अदालत)मा बल्झिएको विवाद सुल्झाउने तयारीमा सरकार रहेको बताएका छन् ।

सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै गृहमन्त्री खाँडले सरकारमा सहभागी दलहरुले उचित निर्णय गरेर न्यायालयको विवाद सुल्झाउने तयारी भइरहेको बताएका हुन् ।

उनले न्यायालयको विवाद छिट्रटै सुल्झियोस् भन्ने सरकारको चाहना रहेको बताउँदै भने, ‘न्यायालयको विवाद संवेदनशील र गम्भीर छ । यसले धेरै कुरालाई प्रभावित बनाएको छ । छिट्टै सुल्झाउने तयारीमा सरकार लागेको छ ।’उनले सरकारका प्रमुख अंग न्यायापालिका, कार्यपालिका र व्यवस्थापिकामा अहिले केही गतिरोध देखिएकोले यसको समाधान खोजिने बताए ।

प्रतिक्रिया दिनुहोस