काठमाडौं । सल्यानमा आइतबार बिहान भएको बस दुर्घटनाका सबै १२ जना मृतकको सनाखत भएको छ ।
ज्यान गुमाउनेमा शारदा नगरपालिका घर भइ दाङको तुलसीपुर बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदानगर २ की मिना डाँडी, ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी १ काभ्राकी मिना शाही, दाङको बबईकी दुलिदेवी रेउले, बबईकै कलादेवी बुढाथोकी रहेका छन् ।
यसैगरी घोराही उपमहानगरपालिकाकी वर्षीया इन्दिरा अधिकारी, सल्यानको छत्रेश्वरी गाउँपालिकाकी तिलक ओली, दाङको शान्तिनगर गाउँपालिकाकाका सावित्रा केसी, सुरज ओली, घोराहीकी रुपा केसी, सल्यानको त्रिवेणीकी सरिता बोहरा रहेका छन् ।
जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आज बिहान दुर्घटना भएको हो ।
घाइतेमध्ये १३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज रिफर गरिएको छ भने अन्य सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार आठ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकीको उपचारका क्रममा मृत्यु भएको हो । चालक भने फरार भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ कार्तिक २०७८, २० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टोखा-छहरे सडक खण्डमा सुमो गाडी दुर्घटना, चालक र केही यात्रु घाइते
हुम्लामा ८ वर्षमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु, २७ घाइते
सुन्तला बोकेको पिकअप दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना गम्भीर घाइते
अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु
दुबईमा दुर्घटनामा परे दक्षिण भारतीय अभिनेता अजित
भारतमा हेलिकप्टर दुर्घटना, कम्तीमा ३ जनाको मृत्यु