युएनडीओको पहिलो बैठकबाट ६ जना मनोनित

सफल खबर संवाददाता

सोमबार, २९ पुस २०८१, १० : ३५

काठमाडौँ । युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडीओ) को कार्यसमितिमा ५ जना मनोतित भएका छन् । 

अध्यक्ष सोनाम लाममाको अध्यक्षतामा बसेको पहिलो बैठकले महिलातर्फ इन्दिरा रोका (अस्ट्रेलिया), सम्वृद्धि गुरुङ (यूके) र सुन्दरी लामा (स्पेन) तथा पुरुषतर्फ इर्साद अहमत (अस्ट्रेलिया), कृष्ण सञ्जेल केसी (यूएसए) र समिम अन्वार (अस्ट्रेलिया)लाई केन्द्रिय कार्यकारी सदस्यका रूपमा मनोनित गरेको हो । 

सँस्थाको बिधान अनुसार सँस्थाका लागि योग्य, प्रतिबद्ध र प्रेरणादायी व्यक्तित्वहरूलाई केन्द्रिय कार्यकारी सदस्यका रूपमा मनोनित गरेको अध्यक्ष लामाले जानकारी दिए ।  

यसका साथै बैठकले आगामी योजना, सँस्था बिस्तार, श्रोत परिचालन र विकास, सँस्थाका आन्तरिक लगायत थुप्रै एजेण्डाहरुमा छलफल र निर्णय गरेको महासचिव कुशल केसीले जानकारी दिए । 

नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको एनडीओले हालै पहिलो साधारणसभा गरेर लामाको नेतृत्वमा कार्यसमिति चयन गरेको थियो । युएनडीओमा गैरआवासीय नेपाली संघबाट बिद्रोह गरेकाहरु रहेका छन् भने एनडीओको सदस्यता हुनका लागि विदेशी पासपोर्ट भएका गैरआवासीय नेपाली हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस