सम्मेलनमै निदाए अमेरिकी राष्ट्रपति बाइडेन, ट्रम्पले उडाए मजाक

एजेन्सी

मंगलबार, १६ कार्तिक २०७८, १२ : २१
सम्मेलनमै निदाए अमेरिकी राष्ट्रपति बाइडेन, ट्रम्पले उडाए मजाक

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडन सम्मेलनमा निदाएको एक भिडियो सार्वजनिक भएको छ । स्कटल्यान्टको ग्लास्गोमा चलिहेको जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–२६) मा उनी भाषण सुन्दासुन्दै निदाएका हुन् । सोमबार अपांगता सम्बन्धी विशेषज्ञ एडी न्डोपुले जलवायु जगेर्नाका लागि काम गर्नुपर्ने सन्देश सुनाइरहेका बेला बाइडेन केही छिनका लागि निदाएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

उनी निदाइरहेकै समय उनका एक सहयोगीले कुरा गर्न आएपछि उनले आफू निदाइरहेको चाल पाए । त्यसपछि आँखा माड्दै उनी सतर्क भएर बसे । राष्ट्रपति बाइडेनको यो भिडियो बाहिरिएपछि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड जे ट्रम्पले उनको मजाक उडाएका छन् । ट्रम्पले उत्साह नै नभएको भन्दै बाइडेनको आलोचना गरेका हुन् ।

ट्रम्पले भनेका छन्, ‘विश्व तापक्रममा वृद्धि आफ्नो सर्वोच्च प्राथमिकता भएको भन्दै युरोप गएका बाइडन संसारले देख्नेगरी सम्मेलनस्थलमै निदाए । खास उत्साह र विश्वास भएको मानिस यसरी निदाउँदैन ।’

प्रतिक्रिया दिनुहोस